Home समाचार ताजा समाचार कोभिड नेपालः थप ८४ सय जनामा कोरोना भाइरस, सक्रिय सङ्क्रमितको सङ्ख्या ९०...

कोभिड नेपालः थप ८४ सय जनामा कोरोना भाइरस, सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघ्यो

0

नेपालमा विगत २४ घण्टामा ८,४५४ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार अपराह्ण जनाएको छ।

अहिलेको वृद्धिसँगै देशभरि रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ।

तीमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकाका तीन जिल्लामा छन्।

मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार कोभिडसँग सम्बन्धित कारणले थप पाँच जनाले ज्यान गुमाएका छन्।

बुधवार अपराह्न प्रकाशित विवरणअनुसार विगत २४ घण्टामा १३,५४९ वटा परीक्षण पीसीआर विधिबाट र ६,८१० वटा एन्टिजन विधिबाट कुल २०,३५९ परीक्षण गरिएको थियो।

पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ४१ प्रतिशतभन्दा बढीमा र एन्टिजन परीक्षणमा ४२प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version