Home अन्य कृषि धनुषाका ६५ हजार गाई भैँसीमा निःशुल्क रोग विरुद्धको खोप

धनुषाका ६५ हजार गाई भैँसीमा निःशुल्क रोग विरुद्धको खोप

0

जनकपुरधाम । धनुषा जिल्लामा खोरेत रोगको संक्रमण फैलिएपछि नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले जिल्लामा ६५ हजार गाई भैँसीमा निःशुल्क रोग विरुद्धको खोप दिइएको छ ।

धनुषा जिल्लाका १८ पालिकाको पशु शाखा मार्फत खोप दिने काम भएको विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक इन्द्रदेव साहले जानकारी दिनुभयो । खोरेत रोगको सङ्क्रमणका  कारणले कतिपय किसानहरूको गाई भैँसीको मृत्यु भएपछि एफएमडि खोप दिने काम भएको छ ।

महामारीको रूप लिएको खोरेत रोग भेक्सिनेसनपछि अहिले नियन्त्रणमा आएको दाबी पनि भेटेरिनरी अस्पताल तथा  पशु सेवा विज्ञ केन्द्र धनुषाले जनाएको छ । खोरेत रोगका कारणले गाई भैँसीको खुर तथा मुखमा भएको घाउ निको पनि हुन थालेको छ ।

खास गरेर खोरेत रोग लागेपछि खुट्टा तथा मुखमा घाउ भएर किरा लाग्ने र पशुले खान खान छोड्ने र त्यसपछि लडेर मृत्यु हुने गरेको छ । निक्कै प्राणघातक रोगको रुपमा रहेको खोरेत रोग यस पटक सिरहा जिल्लाबाट धनुषामा सरेका थिए ।

खोरेत रोग निक्कै सङ्क्रामक भएकाले रोग लागेको पशुको सम्पर्कमा आएका अन्य पशुलाई पनि सर्ने भएकाले रोग लागेको पशु भन्दा रोग नलागेका पशुलाई टाढा राख्नु पर्ने सुझाव पशु चिकित्सकहरूले दिनु भएको छ ।

वर्षेनी रुपमा फैलिने गरेको खोरेत रोगको सङ्क्रमणबाट पशु चौपायालाई जोगाउनका लागि नियमित रुपमा नै खोप लगाउनका लागि किसानहरूलाई पशु चिकित्सकहरूले सुझाव दिनु भएको छ । Radio Nepal

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version