Home समाचार ताजा समाचार राष्ट्रियसभा सदस्य उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह पनि दिइयो

राष्ट्रियसभा सदस्य उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह पनि दिइयो

0

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आइतबार आयोगले एक बिज्ञप्ति जारी गर्दै नामावाली प्रकाशन गरेको र चुनव चिन्हसमेत प्रदान गरिएको जनाएको छ ।

भाको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आइतबार आयोगले एक बिज्ञप्ति जारी गर्दै नामावाली प्रकाशन गरेको र चुनव चिन्हसमेत प्रदान गरिएको जनाएको छ ।

‘२०७८ साल माघ १२ सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका अनुसार आज सबै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह वितरण गर्ने कार्य सम्पन्न भएको छ,’ आयोगले निकालेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रिय सभाको १९ सदस्यका लागि सातवटै प्रदेशबाट ४३ जनाले उम्मेदवारी दिएका छन् । जसमा आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रूख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य चिन्ह दिइएको छ ।

त्यस्तैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा, नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम, राप्रपालाई हलो, जनता समाजवादी पार्टी नेपाललाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टीलाई मादल र राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न दिइएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version