Mithilanchal Times

डिजेल र मट्टितेलको मूल्य ३० रूपैयाँले बढ्यो, पेट्रोलको यथावत
२०८३ बैशाख ०२, काठमाडौँ– सरकारले डिजेल र मट्टितेलको मूल्य ३० रूपैयाँले बृद्धि गरेको छ भने पेट्रोलको मूल्य भने यथावत राेखेको छ।

बिहीबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ। निगमकाअनुसार भारतबाट मूल्य बढेर आएकाले मूल्य बढाउनु परेको हो।

मूल्य बढेसँगै अब डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गका लागि २३४.५०, दोस्रोका लागि २३६ र तेस्रो वर्गका लागि  २३७ पुगेको छ। मूल्य समायोजन भए पनि अझै डिजेलमा ९९.१६ रूपैयाँ घाटा रहेको निगमले जनाएको छ।

यस्तै हवाई इन्धन पनि आन्तरिकतर्फ रू. पाँचले बृद्धि भएको छ। मूल्य बृद्धि भएसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर रू. २५६ पुगेको छ। पेट्रोल भने यसअघिकै २१६.५० रूपैयाँ नै कायम रहेको छ।

यसरी मूल्य बढाइए पनि अझै पाक्षिक (१५ दिनमा) निगमलाई ५ अर्व ७५ करोड घाटा हुने देखिएको विज्ञप्तिमा जनाइएको छ।

सरकारले यसअघि पछिल्लोपटक चैत २६ गते पेट्रोलिय पदार्थको मूल्य बढाएको थियो। त्यतिबेला पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि भएको थियो।

अदालतले एमाले नेता महेश बस्नेत विरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गर्‍यो ?
२०८२ चैत १६,काठमाडौँ : काठमाडौं जिल्ला अदालतले एमाले नेता महेश बस्नेतलाई पक्राउ अनुमति दिन अस्वीकार गरेको छ । प्रहरीले सोमबार अदालतमा नेता बस्नेतलाई पक्राउ गर्न अनुमति माग गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका अनुसार उनलाई पक्राउ गर्न पुर्जी माग गरिएको थियो तर दिन नपर्ने निर्णय भएको हो ।

बस्नेतविरुद्ध २५ चैत २०८० मा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो । तर सरकारी वकिलले प्रमाण नपुग्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेको थियो ।

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय
२०८२ चैत १४ काठमान्डौ : एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा पार्टीले कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने भएको छ । आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।प्रत्येक जिल्ला सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, भोलि १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । यस्तै, लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलसँग संवाद र सहकार्य तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने बैठकले निर्णय गरेको पार्टी महासचिव शंकर पोखरेलले  जानकारी गराए ।

रघुनाथपुरमा एमालेका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश
२०८२ माघ १५ धनुषा : धनुषाको सबैला नगरपालिका वडा नं. १२ स्थित रघुनाथपुरमा नेपाली कम्युनिस्ट पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य श्री नारायण कुमार र सबैला नगर कमिटी सदस्य राम एकवाल कुमारको नेतृत्वमा ९० भन्दा बढी नेता, कार्यकर्ता, युवा तथा स्थानीय सर्वसाधारणहरूले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा प्रवेश गरेका हुन्।

स्थानीय स्तरमा आयोजित उक्त कार्यक्रम पार्टी प्रवेश तथा संगठन सुदृढीकरण अभियान अन्तर्गत गरिएको जनाइएको छ। कार्यक्रममा विभिन्न टोल तथा बस्तीबाट सहभागी भएका व्यक्तिहरूले सामूहिक रूपमा नेकपाको सदस्यता ग्रहण गरेका थिए। नवप्रवेशीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार मातृका प्रसाद यादवले गमछा, टीका, माला र सदस्यता पत्र प्रदान गर्दै स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेतृत्वकर्ताहरूले देशको समसामयिक राजनीतिक अवस्था, जनताका दैनिक समस्या, विकास निर्माणको आवश्यकता तथा वैकल्पिक राजनीतिक शक्तिको भूमिकाबारे धारणा राखेका थिए। उनीहरूले जनताको अधिकार, सामाजिक न्याय, सुशासन र समृद्धि सुनिश्चित गर्न नेकपाको नीति, विचार र कार्यक्रम प्रभावकारी रहेको भन्दै सोही कारण आफूहरू पार्टीमा आवद्ध भएको बताएका थिए।

एमालेबाट आएका नेताहरूले अब स्थानीय स्तरमा जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने, संगठन विस्तार गर्ने र जनमुखी अभियानलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले रघुनाथपुरसहित आसपासका क्षेत्रमा पार्टीको प्रभाव र जनआधार अझै मजबुत बनाउने लक्ष्यसमेत सार्वजनिक गरेका थिए।

कार्यक्रममा सहभागी नेकपाका स्थानीय नेताहरूले नयाँ सदस्यहरूको आगमनले संगठनमा थप ऊर्जा र उत्साह थपिएको बताएका छन्। उनीहरूले सामूहिक प्रवेशले आगामी राजनीतिक गतिविधि र जनपरिचालन अभियानमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

महिला सशक्तिकरण अन्तर्गत मुक्त कमैया महिलालाई कुखुरापालन तालिम
२०८२ असोज १० बर्दिया :- बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं. ७ स्थित बोडरमा बस्ने मुक्त कमैयाहरूलाई लक्षित गरी ईगल फाउन्डेसनको आयोजना तथा Frank Eiendom AS Norway र Eagle Creative AS Norway को आर्थिक सहयोगमा तीन दिने कुखुरापालन तालिम सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटन समारोह श्री आस्था ईङ्लिश एकेडेमी, प्रगति बजार, मधुवनको सभाहलमा आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष हमालले सहभागी महिलालाई तालिमबाट प्राप्त ज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गर्न आग्रह गर्दै विकट क्षेत्रमा मुक्त कमैयालाई लक्षित गरी तालिम सञ्चालन गरेकोमा ईगल फाउन्डेसनप्रति आभार व्यक्त गरे।

फाउन्डेसनका निर्देशक साजन कपालीले हाल फाउन्डेसनले मुक्त कमैयाका ४० जना बालबालिकालाई निःशुल्क श्री आस्था ईङ्लिश एकेडेमीमा शिक्षा दिइरहेको जानकारी गराए। तालिममा मधुवन नगरपालिकाका पशु विकास अधिकृत गणेश बहादुर बोहरा प्रमुख प्रशिक्षकका रूपमा संलग्न थिए भने व्यवस्थापन तर्फ गोरख नेपालीले सहयोग गरेका थिए।

तीन दिनसम्म सञ्चालन भएको तालिममा ४० जना महिलाले सहभागिता जनाए। समापन सत्रमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो। सो अवसरमा ईगल फाउन्डेसनका उपाध्यक्ष जय प्रकाश अधिकारीले मुक्त कमैयाको चुनौतीपूर्ण जीवन परिस्थितिबारे उल्लेख गर्दै सरकारले जग्गा उपलब्ध गराए पनि भारत सीमासम्म फैलिएको जंगल नजिक बसोबास गर्नुपर्दा बाघ, हात्ती, बाँदर लगायतका जनावरको त्रास रहेको बताए। उनले विद्युत् भोल्टेजको समस्या र पानी अभाव अझै समाधान हुन नसकेको उल्लेख गर्दै फाउन्डेसनले १७ वटा डिप बोरिङ मार्फत सिंचाइको प्रयास गरे पनि स्थायी समाधानका लागि सरकारी सहयोग आवश्यक रहेको धारणा राखे।

उनका अनुसार ईगल फाउन्डेसनले निकट भविष्यमा मुक्त कमैयाको आर्थिक उन्नतिका लागि थप कार्यक्रम ल्याउने योजना बनाइरहेको छ।

सहभागी महिलाहरूले तालिमबाट प्राप्त ज्ञानले गाउँमै व्यावसायिक कुखुरापालन गर्न सकिने विश्वास व्यक्त गरे। सहभागी जगतारन थारूले भनिन्, “यो तालिमले हामीलाई आत्मनिर्भर बन्ने बाटो देखाएको छ। अब हामी आफ्नै घरआँगनमै कुखुरापालन गरेर आम्दानी बढाउनेछौं।”

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइयो
२०८२ असोज ५ , काठमाडौं :- सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ ।

उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

सिंहदरबार र नेपालको नक्सा जलाउने घटना सार्वभौमसत्ता माथिको प्रहार : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली
२०८२ असोज ३,काठमाडौं :- संविधान दिवसको अवसरमा पूर्वप्रधानमन्त्रीले शुक्रबार देशवासीलाई सम्बोधन गर्दै नेपालको संविधान र राष्ट्रिय सार्वभौमसत्तामाथि गम्भीर खतरा उत्पन्न भएको चेतावनी दिएका छन्। उनले हालै सम्पन्न संविधान दिवसलाई ७० वर्षको लामो संघर्षपछि जनताले आफैं बनाएको संविधानको ऐतिहासिक उपलब्धि भन्दै यसको रक्षा सबै नेपालीको कर्तव्य भएको उल्लेख गरे।

सम्बोधनको सुरुवातमा उनले २०७२ सालमा जारी संविधानलाई नेपाली जनताले आफैंका लागि लेखेको भविष्यको रेखा बताउँदै त्यस निर्माणका चुनौतीहरू सम्झाए। “नाकाबन्दीको कठोर परीक्षामाझ पनि हामीले संविधान जारी गरेर राष्ट्रको सार्वभौमसत्ता सुरक्षित राखेका थियौं,” उनले स्मरण गरे।

पूर्वप्रधानमन्त्रीले संविधान जारीपछि नेपाललाई भूजडित बनाउने लक्ष्यअनुसार उत्तर-दक्षिण यातायात संरचना निर्माण, उत्तरी छिमेकीसँग पारवहन सम्झौता, अर्थतन्त्रको मजबुती जस्ता कार्य अघि बढाइएको बताए।

तर हालै जेन–जीको शान्तिपूर्ण भनिएको प्रदर्शनमा घुसपैठ गरी हिंसा फैलाइएको भन्दै उनले गहिरो दुःख व्यक्त गरे। “सरकारले प्रदर्शनकारीमाथि गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको छानबिन हुनुपर्छ,” उनले भने। घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।

उनले सिंहदरबार, नेपालको नक्सा, न्यायालय, व्यापारिक प्रतिष्ठान तथा राजनीतिक दलका कार्यालयहरूमा आगजनी र तोडफोड हुनु राष्ट्रिय सार्वभौमसत्तामाथिको प्रत्यक्ष प्रहार भएको दाबी गरे। “प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार र देशको निशानी जलाइयो। यो केवल सरकारविरुद्धको आक्रोश मात्र होइन, नेपालको अस्तित्वमाथिको हमला हो,” उनका शब्द थिए।

इतिहासको सन्दर्भ दिँदै उनले युवाहरुलाई काजी भीम मल्लको उदाहरण सम्झाउँदै “यथार्थभन्दा बाहिर गएर असन्तोष फैलाउँदा पछुताउनु बाहेक केही रहँदैन” भने।

पूर्वप्रधानमन्त्रीले सबै पुस्ताका नेपालीलाई संविधान र सार्वभौमसत्ताको रक्षा गर्न एकजुट हुन अपिल गर्दै सम्बोधन समापन गरे। “सार्वभौमसत्ता हाम्रो अस्तित्व हो, संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले मात्र देशलाई वर्तमान संकटबाट जोगाउन सक्छ,” उनले जोड दिए।

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड
२०८२ असोज ३, काठमाडौं :- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सकिने बताएका छन् ।

संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान बन्दा माओवादीले राखेको फरक मत अहिले सम्बोधन गर्नु पर्ने बेला आएको बताएका हुन् ।

त्यसबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था हुनुपर्ने लगायतका विषयम आफूहरुले फरक मत राखेको बताउँदै प्रचण्डले अहिले जेनजी आन्दोलनले त्यसलाई पुष्टि गरिदिएको बताएका छन् ।

त्यसबेलाका ठूला भनिकए (कांग्रेस-एमाले)ले अहिले जेनजीले उठाएका विषयलाई संविधानमार्फत सम्बोधन हुन नदिएको दाबी गर्दै प्रचण्डले अहिले जेनजी आन्दोलनले आधार तय गरेको बताए ।

संविधान बनाउँदा नै माओवादीले राखेको फरक मतलाई समेटेको भए अहिलेको परिस्थित नआउने बताउँदै प्रचण्डले भने, ‘राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भनकै हो । बहस भयो । सहमति भएन । त्यसमा सहमति भएको भए अहिले अर्कै परिस्थिति हुन्थ्यो । जेनजीले आन्दोलन गर्नु पर्थेन् । यति ठूलो क्षति हुनेथिएन ।

प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानका विषय ठीक थिए भन्ने जेनजी आन्दोलनले पुष्टि गरेको दोहोर्‍याउँदै प्रचण्डले संविधानलाई संशोधन गरेर जानु पर्ने धारणा राखेका हुन् । ‘हामीले संविधान बनाउँदा भिन्न मत राखेका थियौं । जेनजीको आन्दोलनले फेरि पुष्टि गरेको छ, ती मत सही थिए’, उनले भने, ‘१० वर्षपछि पुन संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको देख्छु म । त्यसलाई कार्यान्वयन गर्न अगाडि बढ्नुपर्छ ।

कार्यक्रममा प्रचण्डले अहिलेका ठूला भनिएका दलहरुको अहंकारले यो भयंकर अवस्था आएको बताउँदै उनीहरुलाई संविधान बनाउने बेलामा पनि कुनै चिन्ता नभएको आरोप लगाए ।

जनमत पार्टीका अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामाको अल्टिमेटम
२०८२ असोज १, काठमाण्डौ :- देशभर फैलिएको भ्रष्टाचार, परिवारवाद, नातावाद, कृपावाद र कुशासनको विरुद्ध हालै भदौ २३ र २४ गते “जेन जी” युवा पुस्ताले सञ्चालन गरेको आन्दोलनले नेपाली राजनीतिमा ऐतिहासिक मोड ल्याइरहेको बेला जनमत पार्टीभित्र पनि नेतृत्व परिवर्तनको माग खुलेर अगाडि आएको छ।

जनमत पार्टीका वरिष्ठ पदाधिकारीहरूले पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सि.के.) राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिन औपचारिकरूपमा अनुरोध गरेका छन्। मिति २०८२/०६/०१ मा अध्यक्षलाई सम्बोधन गरिएको लिखित प्रस्तावमार्फत उनीहरूले नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएका हुन्।

पत्रमा हालको राजनीतिक परिस्थितिमा पार्टीले आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनुपर्ने उल्लेख छ। सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलको अकर्मण्यता र अनियमितताविरुद्ध उभिएको जनमतलाई सम्बोधन गर्न पार्टीले आफ्नै कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको कमी र जनभावनासँग विमुखता सुधार्नुपर्नेमा पदाधिकारीहरूले जोड दिएका छन्।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, केन्द्रीय संयोजक (स्वास्थ्यकर्मी जनमत संघ) सि.के. सिंह, वरिष्ठ प्रदेश इन्चार्ज (सुदूरपश्चिम) राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य समेत रहेका केन्द्रीय सदस्य विक्रम बहादुर बमले नेतृत्व परिवर्तनको मागमा हस्ताक्षर गरेका छन्।

उनीहरूले अध्यक्ष डा. सि.के. राउत र डा. जयकान्त राउतले मार्ग प्रशस्त गरे पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी बनाउने अभियानमा सबै एकजुट हुने प्रतिवद्धता व्यक्त गरेका छन्। साथै, पार्टी निर्माणदेखि अहिलेसम्म योगदान पुर्‍याएका नेता, कार्यकर्ता र सदस्यलाई पार्टीको पुनर्गठन र सुदृढीकरणमा सक्रिय भूमिका खेल्न पनि अनुरोध गरिएको छ।

कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो
२०८२असोज १, काठमाडौं :- स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।

यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले संशोधित नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार मौका परीक्षा यही असोज ७ गते र ८ गतेका लागि तोकिएको छ ।

७ गते अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ । तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रोदिन नेपालीको परीक्षा दिनु पर्नेछ ।

यस्तै ८ गते दुवै विषयमा परीक्षा दने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ । यो दिन अनिवार्य अंग्रेजीको परीक्षा भने हुनेछैन । अंग्रेजीको परीक्षा पहिलो दिन अर्थात ७ गते नै तोकिएको छ ।