spot_img
मङ्लबार, भदौ २४, २०८२
मङ्लबार, भदौ २४, २०८२
- Advertisement -spot_imgspot_img
समाचारप्रधानमन्त्री ओलीले दिए राजीनामा, राष्ट्रपतिबाट स्वीकृत

प्रधानमन्त्री ओलीले दिए राजीनामा, राष्ट्रपतिबाट स्वीकृत

काठमाडौं, भदौ २४ :-  प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उहाँले मंगलबार मिति २०८२ भदौ २४ गते आफ्नो राजीनामा पत्र राष्ट्रपतिसमक्ष पेस गर्नुभएको थियो ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले बुझाएको राजीनामा सोही मितिबाट लागू हुनेगरी स्वीकृत गर्नुभएको छ।

- Advertisement -

संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म विद्यमान मन्त्रिपरिषद्ले नै कार्य सञ्चाल गर्ने व्यवस्था गरिएको राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ।

राष्ट्रपतिको निर्णयसँगै अब नयाँ सरकार गठनका लागि संविधानअनुसारको प्रक्रिया अघि बढ्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार