काठमाडौँ, २४ भदौ २०८२ :- प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । संविधानको धारा ७७ (१) (क) बमोजिम राष्ट्रपतिलाई सम्बोधन गरी राजीनामा पत्र बुझाउँदै ओलीले आजैदेखि लागू हुनेगरी आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका हुन्।
ओलीले २०८१ साल असार ३१ गते संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए। तर हाल मुलुकमा उत्पन्न असामान्य परिस्थिति र राजनीतिक समाधानका लागि संविधानसम्मत निकास खोज्नु जरुरी भएको औंल्याउँदै उनले पद त्यागको निर्णय गरेका हुन्।
राजीनामापछि मुलुकमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने constitutional प्रावधानअनुसारको बाटो खुलेको छ। अब राष्ट्रपति नेपालको संविधानअनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक अभ्यास अघि बढाउनेछन्।