spot_img
मङ्लबार, भदौ २४, २०८२
मङ्लबार, भदौ २४, २०८२
- Advertisement -spot_imgspot_img
समाचारजनकपुरधाममा कर्फ्यू आदेश जारी

जनकपुरधाममा कर्फ्यू आदेश जारी

जनकपुरधाम, २४ भदौ २०८२ — धनुषा जिल्लामा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय, धनुषाले कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको २०८२ भदौ २४ गतेको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मिति २०८२/०५/२४ गते दिउँसो ३ बजेदेखि २०८२/०५/२५ गते बिहान ७ बजेसम्म जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका तोकिएका चार किल्लाभित्र आवतजावत, भेला, जुलुस, सभा, बैठक, प्रदर्शन तथा कुनै पनि प्रकारको भीडभाड नगर्न आदेश दिएका छन्।

- Advertisement -

कर्फ्यू लागू हुने सीमा क्षेत्र (चारकिल्ला):

उत्तर: मधेश भवनको उत्तरमा पर्ने मुसहरी टोल चोक (वडा नं. १३) बाट दक्षिण क्षेत्र

- Advertisement -

पूर्व: कदमचोकको पूर्वतर्फ पर्ने जलाद पुलदेखि पश्चिमतर्फ

दक्षिण: मधेश भवनको उत्तर पश्चिम क्षेत्र मुजेलिया हाइवे सडकको बाबा पेट्रोलपम्पदेखि दक्षिण हुँदै लादोको दुधमती पुलसम्म

पश्चिम: हनुमाननगरको सिक्स लाइन चोकदेखि उत्तरतर्फ, ढल्केवर–भिठ्ठामोड हाइवे अन्तर्गत जनकपुर क्षेत्र

जिल्ला प्रशासनले तोकिएको समयसम्म आदेश उल्लंघन गरी हिँडडुल वा भीडभाड गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार