spot_img
मङ्लबार, भदौ २४, २०८२
मङ्लबार, भदौ २४, २०८२
- Advertisement -spot_imgspot_img
समाचारसांसद ज्ञानेन्द्र शाहीको आक्रोश: प्रधानमन्त्री र गृहमन्त्री आतंकवादी

सांसद ज्ञानेन्द्र शाहीको आक्रोश: प्रधानमन्त्री र गृहमन्त्री आतंकवादी

काठमाडौँ २४ भदौ २०८२ :- सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध देशव्यापी रूपमा भइरहेको आन्दोलनमा प्रदर्शनकारीमाथि गोली चलाएको घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघीय सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले तीव्र प्रतिक्रिया जनाएका छन्।

सांसद शाहीले मंगलबार आफ्नै फेसबुक स्टाटसमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई “आतंकवादी” को संज्ञा दिँदै उनीहरूलाई नरसंहारको जिम्मेवार ठहर गर्नुपर्ने माग गरेका छन्।

- Advertisement -

शाहीले लेखेका छन्, “प्रधानमन्त्री र गृहमन्त्री आतंकवादी हुन्। यिनीहरूले टाउको र छातीमा ताकी–ताकी गोली हानेर बच्चाहरूलाई हत्या गरेका छन्। त्यसैले यिनीहरूले राजीनामा दिएर उन्मुक्ति पाउनु हुँदैन। नरसंहारको मुद्दामा यिनीहरूलाई पक्राउ गरेर हत्कडी लगाई आजीवन कारावास हाल्नुपर्छ।

उनले थप चेतावनी दिँदै प्रधानमन्त्री र गृहमन्त्री देशबाट भाग्ने सम्भावना रहेको भन्दै “यिनीहरू एयरपोर्टबाट भाग्लान, होसियार होऊ” भन्दै सजग रहन आग्रह गरेका छन्।

- Advertisement -

हालै देशभर भएका शान्तिपूर्ण प्रदर्शनमा दर्जनौँ नागरिक घाइते र केहीको मृत्यु भएको घटनापछि विपक्षी दल र विभिन्न संगठनले सरकारले प्रदर्शनकारीमाथि गरेको बल प्रयोगको तीव्र आलोचना गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार