Home समाचार मिथिला बिहारी-१० ठेरामा २ दिने ड्रैगन फ्रुट तालिम

मिथिला बिहारी-१० ठेरामा २ दिने ड्रैगन फ्रुट तालिम

0

२०८२ असार१६ जनकपुरधाम :- मिथिला बिहारी नगरपालिका–१० ठेरामा सञ्चालित लक्ष्मी बहुउद्देश्यीय मत्स्य तथा पशुपक्षी पालन फार्मको आयोजनामा र GGGI (Global Green Growth Institute) को सहकार्यमा सञ्चालित जलवायु मैत्री कृषि परियोजना TAFC Challenge Fund अन्तर्गत २ दिने ड्रैगन फ्रुट खेती सम्बन्धी तालिम गोष्ठी शुरु भएको छ।

कार्यक्रममा नगर प्रमुख राजेन्द्रप्रसाद यादव प्रमुख अतिथिका रूपमा, नगर उपप्रमुख शोभा देवी साह विशिष्ट अतिथि, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, वडा नं. १० का वडा अध्यक्ष ललित नारायण झा तथा फार्म सञ्चालिका लक्ष्मी देवी झा अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमको अध्यक्षता फार्मकी सञ्चालिका लक्ष्मी देवी झाले गरेकी थिइन् भने सञ्चालन मिथिला बिहारी नगरपालिकाका कृषि शाखा प्रमुख गोबिन्द यादवले गर्नुभएको थियो।तालिममा नगर क्षेत्रभित्रका ३० जना किसानहरू सहभागी थिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नं. १० का अध्यक्ष झाले तालिमपश्चात सहभागी किसानहरूलाई ड्रैगन फ्रुटका बिरुवा वितरण गरिने जानकारी दिएका थिए। उनले फार्म सञ्चालकका हैसियतले समेत ड्रैगन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्न सकिने अनुभव साझा गरेका थिए।

प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले ड्रैगन फ्रुट खेतीलाई मिथिला बिहारी नगरपालिकाको नमुना खेतीको रूपमा अघि बढाउन सकिने धारणा राखे। उनले बिदेशिने प्रवृत्तिलाई घटाएर, आफ्नै भूमिमा आयआर्जन गर्न सकिने सम्भावनामा यस्ता तालिमले सहयोग गर्ने उल्लेख गरे।

नगर प्रमुख यादवले विगतमा ड्रैगन फ्रुटजस्ता फलफूलहरू ठूला सूपरमार्केटमै सीमित रहेको स्मरण गर्दै, अहिले स्थानीय किसानसमक्ष यसबारे जानकारी पुर्‍याउनु आवश्यक भएको बताए। उनले किसानहरूलाई यस्ता व्यावसायिक खेतीतर्फ उन्मुख गराउन नगरपालिका सधैं तयार रहेको स्पष्ट पारे।

प्रशिक्षक उमेश कुमार महतोले सहभागीहरूलाई ड्रैगन फ्रुट खेतीको सैद्धान्तिक जानकारीसँगै, त्यसको व्यावहारिक पक्षमा समेत प्रशिक्षण दिएका थिए। सहभागीहरू तालिमबाट लाभान्वित भएको प्रतिक्रिया दिएका थिए।

तालिमपछि ३० सहभागीमध्ये कम्तीमा ५ जनाले व्यावसायिक रूपमा ड्रैगन फ्रुट खेती सुरु गर्ने प्रतिबद्धता जनाएपछि यसलाई तालिमको प्रमुख उपलब्धिको रूपमा लिइएको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version