Home समाचार धनुषाधाम-७ का कांग्रेस वडा सचिव माओवादी केन्द्रमा प्रवेश

धनुषाधाम-७ का कांग्रेस वडा सचिव माओवादी केन्द्रमा प्रवेश

0

२०८२ असार १३ जनकपुरधाम :- धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ७ का नेपाली कांग्रेसका सक्रिय नेता तथा वडा सचिव जितेन्द्र यादव र पार्टीका अर्का नेता रघुनन्दन शाहले नेपाली कांग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

नेता यादव हालसम्म नेपाली कांग्रेसको वडा सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए भने उनी शिवशक्ति बहुमुखी युवा क्लबका अध्यक्ष समेत रहेका छन्। स्थानिय युवाबीच लोकप्रिय यादव सामाजिक कार्यमा समेत अग्रसर मानिन्थे।

नेतृत्वको असन्तोष, संगठनमा लामो समयदेखि सुन्न नपाइएको आवाज र नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै यादव र शाहले कांग्रेस परित्याग गरी शनिवार माओवादी केन्द्रको वडा स्तरीय कार्यक्रममा औपचारिक रूपमा प्रवेश गरेका हुन्।

दुवै नेतालाई माओवादी केन्द्रका जिल्ला नेता तथा स्थानीय संयोजकहरूको उपस्थितिमा स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा बोल्दै माओवादी केन्द्रका स्थानीय नेताहरूले अब माओवादी केन्द्र नै जनताको विकल्प भएको बताए।

जितेन्द्र यादवले पार्टी प्रवेश पछि संक्षिप्त धारणा राख्दै भने, “अबको राजनीति परिवर्तनको लागि समर्पित हुन्छ, हामी जनताको पक्षमा उभिने पार्टीमा आएका छौँ।”

पार्टी प्रवेशसँगै धनुषाधाम नगरपालिका–७ मा माओवादी केन्द्रको संगठन बलियो हुने अनुमान गरिएको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version