spot_img
सोमबार, असार २, २०८२
सोमबार, असार २, २०८२
- Advertisement -spot_imgspot_img
समाचारनेकपा माओवादी (केन्द्र) हँसपुर न.पा-२ को वडा सम्मेलन सम्पन्न

नेकपा माओवादी (केन्द्र) हँसपुर न.पा-२ को वडा सम्मेलन सम्पन्न

२०८१ असार १ धनुषा :- धनुषाको हँसपुर नगरपालिका वडा नं. -२ मा नेकपा माओवादी (केन्द्र) को वडा सम्मेलन तथा अधिवेशन सम्पन्न भएको छ।

वडा अधिवेशन वडा कमिटीका अध्यक्ष बेचन यादवको अध्यक्षतामा आयोजना गरिएको थियो भन्ने वडा अधिवेशनमा प्रमुख अतिथि नगर अध्यक्ष सुनिल कुमार यादव, मधेसी मुक्तिमोर्चाका धनुषा जिल्ला अध्यक्ष विजय यादव, कामेश्वर कापर नगर उपाध्यक्ष चुलाई पासमान लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन लालबाबु सहनीले गर्नुभएको थियो भने स्वागत मन्तव्य योङ कम्युनिस्ट लिगका धनुषा जिल्ला सदस्य राकेश सहनीले राख्नुभएको थियो।

- Advertisement -

सम्मेलनले सर्वसम्मत रूपमै नयाँ वडा समिति गठन गरेको छ। नवगठित वडा कमिटीमा अशोक कुमार मिश्र अध्यक्ष चयन हुनु भएको छ। यस्तै उपाध्यक्षमा सूर्यदेव सहनी र जोग नारायण पासमान, सचिवमा राम ईश्वर कापर, सहसचिवमा लाल बाबू सहनी र कोषाध्यक्षमा अगम देवी मण्डल चयन हुनु भएको छ। २९ जना सदस्यसहित पूर्ण वडा समिति गठन गरिएको छ।

सम्मेलनको अन्त्यमा नवगठित वडा कमिटीका सबै सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। त्यस्तै, आउँदो नगर सम्मेलनका लागि सर्वसम्मत रूपमा १० जना प्रतिनिधिहरू पनि चयन गरिएको छ।

- Advertisement -

कार्यक्रममा उपस्थित सबै अतिथिहरूले नवगठित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै पार्टीलाई स्थानीय स्तरमा अझै सशक्त र जनमुखी बनाउने प्रतिवद्धता जनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार