spot_img
बुधबार, साउन १५, २०८२
बुधबार, साउन १५, २०८२
- Advertisement -spot_imgspot_img
समाचारमधेस प्रदेशको ४७ अर्बभन्दा बढीको बजेट आज प्रदेशसभामा प्रस्तुत...

मधेस प्रदेशको ४७ अर्बभन्दा बढीको बजेट आज प्रदेशसभामा प्रस्तुत हुँदै

२०८२ असार १,जनकपुरधाम :- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ४७ अर्ब रुपैयाँभन्दा बढीको बजेट आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्न लागेको छ।

- Advertisement -

प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले आज अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट पेस गर्ने कार्यक्रम रहेको छ। प्रदेशसभा सचिवालयका सचिव वासुदेवप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै बजेट प्रस्तुतिको कार्यसूचीबारे जानकारी दिएका हुन्।

अर्थ मन्त्रालयका अनुसार आगामी वर्षको बजेट चालु आर्थिक वर्ष २०८१/८२ को तुलनामा करिब ३ अर्ब रुपैयाँले बढी हुने अनुमान गरिएको छ। चालु वर्षमा प्रदेश सरकारले ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ।
नेपालको संविधान तथा प्रदेशसभा नियमावलीअनुसार हरेक वर्ष असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा अनिवार्य रूपमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुरूप आजको बैठकमा नयाँ बजेट सार्वजनिक हुँदैछ।

- Advertisement -

बजेट प्रस्तुतिसँगै त्यसमा छलफल र अनुमोदनको प्रक्रिया अघि बढ्नेछ। साथै, बजेट कार्यान्वयनमा पारदर्शिता, प्रभावकारिता र दिगोपन सुनिश्चित गर्नुपर्ने विषयमा सरोकारवालाहरूले ध्यानाकर्षण गराउँदै आएका छन्।

आजको बैठकले मधेस प्रदेशको आगामी नीति, प्राथमिकता र विकास योजनाको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार