spot_img
आइतबार, असार १, २०८२
आइतबार, असार १, २०८२
- Advertisement -spot_imgspot_img
समाचार१८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता जनकपुरधाममा भव्य रुपमा सुरु

१८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता जनकपुरधाममा भव्य रुपमा सुरु

२०८२ जेष्ठ ३१, जनकपुरधाम :- जनकपुरधाम उप-महानगरपालिका–८ को आयोजनामा १८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप आजदेखि जनकपुरधाममा सुरु भएको छ। प्रतियोगिता धनुषा जिल्ला खेलकुद विकास समिति अन्तर्गतको कभर्ड हलमा भव्यताका साथ सञ्चालन भइरहेको छ।

सातवटै प्रदेश र आयोजक टिम गरी जम्मा आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा कराँते खेलको माध्यमबाट स्वास्थ्य, अनुशासन र राष्ट्रप्रेमको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जानकारी दिएको छ।

- Advertisement -

कार्यक्रमको प्रमुख अतिथिका रूपमा मधेश प्रदेश खेलकुद परिषद्‌का सदस्य सचिव शिवजी प्रसाद गुप्ता रहनुहुनेछ। प्रतियोगिता नेपाल सोतोकान कराँते संघ, धनुषा, मधेश प्रदेशको सहकार्यमा आयोजना गरिएको हो।

समारोहमा मधेश खेलकुद परिषद्का सदस्य तथा कराँते प्रशिक्षक लभ कुमार अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको अध्यक्षता वडा नं. ८ का अध्यक्ष दिनेश कुमार सिंहले गर्नुभएको हो। कार्यक्रममा माननीय रमिता प्रधान (लोसपा दलकी सचेतक), मित्र लाल ढकाल (प्रमुख प्रशासकीय अधिकृत, जनकपुरधाम उप–महानगरपालिका), श्याम शेर्पा (प्रमुख प्रशिक्षक, नेपाल सोतोकान कराँते संघ), नरहरी रेग्मी (प्रहरी उपनिरीक्षक, धनुषा) लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

- Advertisement -

कार्यक्रममा उपस्थित अतिथिहरूले खेलकुदले अनुशासन र आत्मविकाससँगै राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

प्रतियोगिता २ दिनसम्म सञ्चालन हुने र समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे रहनेछ । विजयी खेलाडी तथा टिमलाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार