२०८२ जेष्ठ ९ जनकपुरधाम : नेकपा एमालेको ८औं जिल्ला अधिवेशन धनुषामा सम्पन्न भएको निर्वाचनमा रघुवीर महासेठको समर्थन प्राप्त गरेका भोला यादवको प्यानलले सानदार विजय हासिल गरेको छ।
अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका भोला यादवले लक्ष्मी यादवलाई पराजित गर्दै ४०२ मत प्राप्त गर्दै विजयी बनेका छन्। लक्ष्मी यादवले २०० मत प्राप्त गरे। उपाध्यक्ष पदमा तेजनारायण यादवले जयप्रकाश सुनरैतलाई पराजित गर्दै ४३० मत प्राप्त गरे भने सुनरैतले १६० मतमा सिमित रहे। सचिव पदमा दिपनारायण ठाकुर (दिपन) ले ३६५ मत ल्याउँदै धिरेन्द्र मण्डललाई पराजित गरे, जसले २२५ मत ल्याएका थिए।
सह–सचिव पदमा पुरुषतर्फ सबिन विक्रम थापा र महिलातर्फ रुका कुमारी मिश्र विजयी भएका छन्। लेखा समिति अध्यक्षमा विरेन्द्र लाल कर्ण तथा लेखा सचिवमा दिपेन्द्र साह विजयी बनेका छन्।
निर्वाचनको परिणामसँगै भोला यादव नेतृत्वको प्यानलले पूर्ण बहुमतसहित अधिवेशनमा पकड जमाएको छ। नेताहरूले यस विजयलाई संगठन सुदृढीकरण तथा भावी योजनाहरू कार्यान्वयनका लागि सकारात्मक संकेतको रूपमा लिएका छन्।
अधिवेशनले एमालेको संगठनात्मक एकता र अग्रगमनको यात्रामा नयाँ उत्साह थपेको छ।