spot_img
सोमबार, बैशाख २९, २०८२
सोमबार, बैशाख २९, २०८२
- Advertisement -spot_imgspot_img
समाचारसलहेश फुलवारी संरक्षणको माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

सलहेश फुलवारी संरक्षणको माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

२०८२ वैशाख २८ जनकपुरधाम :- मधेस प्रदेशको प्रसिद्ध ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक स्थल सलहेश फुलवारी संरक्षणको माग गर्दै सलहेश फुलवारी संरक्षण संघर्ष समिति द्वारा मधेस प्रदेशका मुख्य मन्त्री सतिश सिंहलाई ज्ञापनपत्र बुझाइएको छ।

लहान नगरपालिका वडा नं १२ र २२ स्थित यो स्थल दुसाध (पासवान) समुदायका ईष्टदेव तथा आदर्श पुरुष लोकनायक सम्राट राजा सलहेश संग प्रत्यक्ष सम्बन्धित रहेको छ।

- Advertisement -

ज्ञापनपत्रमा प्रदेश सरकारको बन तथा वातावरण मन्त्रालयले सलहेश फुलवारी क्षेत्रलाई अम्बेडकर पार्क निर्माणको लागि स्थान किटान गरी शिलान्यास गरेकोप्रति गम्भीर आपत्ति जनाइएको छ। समितिका संयोजक मोहन पासवानले हस्ताक्षर गरेको उक्त ज्ञापनमा उल्लेख छ, “हामी डा. अम्बेडकरको सम्मान गर्छौं, तर उनीप्रति सम्मान प्रकट गर्न अर्कै सर्वस्वीकार्य स्थान चयन गरिनुपर्छ।

ज्ञापनपत्रमा भनिएको छ कि यो स्थल न केवल पासवान समुदायको आस्था र सांस्कृतिक पहिचानको केन्द्र हो, तर सम्पूर्ण मधेस र नेपालको सांस्कृतिक, जैविक तथा पर्यावरणीय सम्पदासँग जोडिएको ऐतिहासिक स्थल हो। सलहेश फुलवारी भित्र रहेको हारम र सुनाखरी फूल, राजा सलहेश र मालिनीको गहवर, हजारौं प्रजातिका आयुर्वेदिक गुणयुक्त वनस्पति, बालगंगा नदीजस्ता तत्वहरूले यस क्षेत्रलाई विशेष महत्व प्रदान गरेको छ।

- Advertisement -

ज्ञापनपत्रमा ९ बुँदे माग राखिएको छ, जसमा अम्बेडकर पार्कको स्थानान्तरण, सलहेश सर्किटको निर्माण, सम्पूर्ण क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा विकासका लागि ‘सलहेश क्षेत्र संरक्षण विकास कोष’को स्थापना, सलहेश जयन्तीमा सार्वजनिक बिदा, तथा राजा सलहेशलाई राष्ट्रिय विभूति घोषणा गरी यो क्षेत्रलाई विश्व सम्पदा सूचिमा समावेश गर्ने पहलको माग गरिएको छ।

समितिले चेतावनी दिएको छ कि यदि मागहरू बेवास्ता गरिए सशक्त आन्दोलनमा उत्रनु पर्ने बाध्यता हुने छ र त्यसबाट उत्पन्न परिस्थिति सरकार स्वयं जिम्मेवार हुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार