Home समाचार धनुषामा ट्राफिक व्यवस्थापनमा सुधारको प्रतिबद्धता : ट्राफिक प्रमुख सूर्य बहादुर शाही

धनुषामा ट्राफिक व्यवस्थापनमा सुधारको प्रतिबद्धता : ट्राफिक प्रमुख सूर्य बहादुर शाही

0

२०८२ बैशाख २७ जनकपुरधाम : धनुषा जिल्लाको ट्राफिक प्रहरी कार्यालयमा नव नियुक्त भएका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुभएको छ।

आज सम्पन्न परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै निरीक्षक शाहीले विशेष गरी प्रादेशिक अस्पताल जाने सडक खण्डमा देखिने नियमित जामलाई तुरुन्त सम्बोधन गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो। यो मार्गमा देखिने भीड तथा जामलाई अब जस्तासुकै परिस्थितिमा पनि समाधान गर्नैपर्छ उहाँले भन्नुभयो।

प्रहरी निरीक्षक शाहीले ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन लागिएको जानकारी दिंदै भन्नुभयो, “अब हामी कार्यालयमै बसेर पनि ट्राफिक अवस्थाको निगरानी गर्न सक्नेछौं।” सिसिटिभी क्यामेरा, डिजिटल निगरानी उपकरण तथा सूचना प्रवाह प्रणालीलाई थप मजबुत बनाउँदै स्मार्ट ट्राफिक व्यवस्थापन प्रणाली लागू गरिनेछ।

उहाँले स्कुल बस व्यवस्थापनका लागि विद्यालयहरूसँग समन्वय गरिने र सडक छेउछाउको अनधिकृत अतिक्रमण हटाउन नगरपालिकासँग सहकार्य गरिने बताउनुभयो। सडक पेटी खाली गराउने अभियान पनि सञ्चालन गरिने उहाँको भनाइ थियो।

प्रहरी निरीक्षक शाहीले कुनै पनि ट्राफिक सम्वन्धी  गुनासो वा उजुरी आएमा आफूलाई सिधा सम्पर्क गर्न आग्रह गर्नुभएको छ। कुनै समस्या भए समाचार प्रमाणसहित जानकारी दिनुहोस्, हामी तुरुन्तै कारबाही गर्छौं। हामी जनताको साथमा छौं र संयुक्त रूपमा काम गर्छौं उहाँले स्पष्ट पार्नुभयो।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version