२०८१ बैशाख १३ जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को कर्मचारी भएको भनी सर्वसाधारणलाई झुक्याई लाभ लिने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषा जिल्लाको बट्टेश्वर गाउँपालिका वडा नं ५, कालिपुर निवासी गोपाल मण्डलका छोरा ३३ वर्षीय रामभजन मण्डल रहेका छन्। विगत केही महिना यता उनले धनुषा जिल्लाको शहिदनगर नगरपालिकाका विभिन्न स्थानहरूमा आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास महोत्तरी तथा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँको अधिकृत कर्मचारी भएको भनी परिचय दिँदै सर्वसाधारण तथा सुरक्षाकर्मीलाई समेत झुक्याउने प्रयास गर्दै आएका थिए।
यसै क्रममा, मिति २०८२ साल वैशाख ११ गते दिउँसो करिब १:०० बजे इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी निरीक्षक ओम प्रकाश यादवको कमाण्डमा खटिएको टोलीले शहिदनगर नगरपालिका वडा नं ३ स्थित क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेपछि रामभजन मण्डललाई प्रारम्भिक अनुसन्धानका लागि सात दिनको म्याद थप गरि हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।