spot_img
सोमबार, जेष्ठ ६, २०८२
सोमबार, जेष्ठ ६, २०८२
- Advertisement -spot_imgspot_img
समाचारहंसपुर नगरपालिकाको कार्यालयमा छ दिनदेखि तालाबन्दी र धर्ना

हंसपुर नगरपालिकाको कार्यालयमा छ दिनदेखि तालाबन्दी र धर्ना

                      २०८१ चैत १० जनकपुरधाम

धनुषाको हंसपुर नगरपालिकामा नेकपा माओवादी केन्द्र हंसपुर नगर कमिटीका नेता तथा कार्यकर्ताहरू नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्दै धर्नामा बसेका छन्।

- Advertisement -

छ दिनदेखि जारी आन्दोलनमा वडा नम्बर ६ सोनिगामास्थित सामुदायिक विद्यालय परिसरमा निर्माण गरिएको संरचना हटाउन माग गरिएको छ। विद्यालय परिसर कब्जा गरिएको भन्दै कार्यकर्ताहरूले उक्त संरचना हटाउन नगरपालिकालाई दबाव दिएका छन्।कार्यकर्ताहरूले नगरप्रमुख प्रदीप यादवलाई ज्ञापन पत्र बुझाए पनि, तत्काल निर्णय लागू गर्न अस्वीकार गरेपछि अनिश्चितकालीन धर्ना सुरु गरिएको छ।

माओवादी नगर कमिटीले ३४ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ भने विद्यालय परिसर खाली गराउने तथा अन्य बुदा नगर प्रमुक सकारात्मक भइ कार्यपालिकामा भएको निर्णय लागू गरे पछि मात्र तालाबन्दी खोल्ने चेतावनी दिएको छ।

- Advertisement -

मंगलवार देखि शुरु भएको तालाबन्दी तथा धर्ना आईतवार छैठो दिन समेत जारी रहेको छ । आज जिल्ला प्रशासन कार्यालय धनुषामा वार्ताको लागि बोलाएको नगर कमिटी अध्यक्ष सुनिल यादवले जानकारी गराएका छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार