Home समाचार विधुत चुहावट नियन्त्रणमा प्रदेशकै प्रथम स्थानमा धनुषाधाम वितरण केन्द्र

विधुत चुहावट नियन्त्रणमा प्रदेशकै प्रथम स्थानमा धनुषाधाम वितरण केन्द्र

0

साउन २५,जनकपुरधाम: नेपाल विधुत प्रधिकरण धनुषाको धनुषाधाम वितरण केन्द्रले गत आ.व.२०८०/०८१ मा विधुत चोरी नियन्त्रण अभियान अन्तर्गत १३० जनालाई कारवाही गरेको छ । विधुत पोलमा सिधै हुकिङ प्रयोग गरी विधुत प्रयोग गरीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी कारवाही गरिएको हो ।

विरतरण केन्द्र प्रमुख रोशन कुमार सिंहले विधुत चुहावट नियन्त्रणका क्रममा विधुत चोरी गरिरहेका अवस्थामा नियन्त्रणमा लिइएका व्यक्ति, विधुत सामग्री, विधुत मिटर उपर कारवाही गर्दा जरिवाना वापत ८८ लाख २३ हजार १०२ रुपैया असुली भएको वताउनुभयो ।

मधेश प्रदेशका विरणकेन्द्र मध्ये विधुत चुहावट नियन्त्रण अभियाण अन्तर्गत सबै भन्दा बढी जरिवाना असुली भएको दावी उहाँको छ । यसै गरी वितरण केन्द्रले आथिक वर्ष २०८०/०८१ मा तिन करोड ५४ लाख ८८ हजार १७६ युनिट खपत गरेर २६ करोड ८ लाख ८२ हजार १२७ रुपैयाँको विधुत विक्री गरेको छ भन्ने २४ करोड ५३ लाख ५८ हजार ७४१ रुयैयाँ असुल गरेको छ ।

धनुषाधाम वितरण केन्द्रको सेवा क्षेत्र अन्तर्गत बसोवास गर्ने ७५० विपन्नका घरमा निःशुल्क विधुत मिटर जडान गरिदिएको छ ।

निःशुल्क मिटर वितरण पछि चोरी नियन्त्रण भई विधुत चुहावत घटने र अनाधिकृत प्रयोग मार्फत हुने विधुतिय दुर्घटना पनि कम हुने भएको छ । निःशुल्क मिटर वितरण र निगरानी बढाइए पछि २ प्रतिशतले विधुत चुहावटमा कमी आएको वितरण केन्द्रका प्रमुख सिंहले बताउनु भयो ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version