spot_img
आइतबार, अशोज २७, २०८१
आइतबार, अशोज २७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारधनुषाको मिथिला बिहारी नगरपालिकाको बजेट ४३ करोड ४९ लाख...

धनुषाको मिथिला बिहारी नगरपालिकाको बजेट ४३ करोड ४९ लाख २३ हजार

असार १०, जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/०८२ को अनुमानित बजेट रु. ४३ करोड ४९ लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ ।

वित्तिय समानिकरण १० करोड ९६ लाख ,सशर्त अनुदान २० करोड ३२ लाख ३ हजार ,राजश्व वाँडफाँड ९ करोड १५ लाख ,सम्पूरक अनुदान ६५ लाख ,प्रदेश सरकारवाट प्राप्त अनुदान वित्तिय समानिकरण ८० लाख राजश्व वाडफाँड ३० लाख ,आन्तरिक श्रोत ,राजश्व अनुमान १ करोड ६० लाख कुल जम्मा ४३ करोड ४९ लाख २३ हजार विनियोजित गरेको छ ।

- Advertisement -

समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर मिथिलाबिहारी शहर, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा एवम् प्रविधिमैत्री समृद्ध मिथिलाबिहारी नगर” मूलनारासहित बजेट ल्याइएको हो ।
सोमबार नगर प्रमुख राजेन्द्र प्रसाद यादवले बजेट प्रस्तुतिकरण गरेका हुन् । सो क्रममा उपमेयर शोभा देवी साहले बजेटको बारेमा विस्तृत पारेकी थिइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, लेखा अधिकृत सुभाष झा , जिन्सी शाखा प्रमुख बिमलेन्द्र यादब , आन्तरिक लेखापरीक्षक सहायक जयराम राउत , IT Officer लक्ष्मी यादब वडा अध्यक्ष , कार्यपालिका सदस्यहरुको को विशेष आतिथ्यमा सम्पन्न १० औँ नगरसभाबाट सो बजेट ल्याएको हो । नेपाल सरकारको नम्स अनुसार असार १० गतेसम्म बजेट ल्याउन सफल भएको हो

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार