Home समाचार मधेशको मुख्यमन्त्रीमा जनमतका सिंहले गरे दाबी पेस

मधेशको मुख्यमन्त्रीमा जनमतका सिंहले गरे दाबी पेस

0
महेन्द्रनगर (धनुषा)२५ जेठः प्रदेश प्रमुख सुवेदीसमक्ष दावी पेस मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष जनकपुरधाममा आज मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनमत पार्टीका प्रदे

जेष्ठ २५,जनकपुरधाम: मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेश गरेका छन् । शुक्रबार बिहान मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनमत पार्टीसहित ६ राजनीतिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।

१०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश प्रमुख भण्डारीसमक्ष पेस गरिएको दाबीमा सिंहलाई ५५ सांसदको समरथन रहेको जनाइएको छ । सिंहलाई एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसदको समर्थन रहेको छ ।

प्रदेशप्रमुख भण्डारीले शुक्रबार विहान १० बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेकी थिइन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत नपाउँदा सरकार ढलेको थियो । उनले ५० मत पाए भने विपक्षमा ५३ मत परेको थियो । प्रदेशसभामा १ सय ३ जना सांसद उपस्थित थिए ।

मुख्यमन्त्री यादवलाई जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका ८ र राप्रपाका १ जना सांसदले विश्वासको मत दिएका थिए । विपक्षमा एमालेका २४, जनमतका १३, माओवादीका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ जनाले मतदान गरेका थिए । ०७९ पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त जसपा नेपालका संसदीय दलका नेता यादवले आफ्नो १७ महिना कार्यकालमा बिताए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version