Home समाचार अत्यधिक गर्मीका कारण जनकपुरधामका विद्यालयहरू पाँच दिनका लागि बन्द

अत्यधिक गर्मीका कारण जनकपुरधामका विद्यालयहरू पाँच दिनका लागि बन्द

0

मिथिलाञ्चल टाईम्स  डेस्क 

जेष्ठ १६, जनकपुरधाम : जनकपुरधामका विद्यालयहरु गर्मीका कारण पाँच दिनका लागि बन्द भएको छ। मधेस प्रदेशको राजधानी जनकपुरमा तातो हावासँगै गर्मी बढेपछि ५ दिनका लागि सबै विद्यालय बन्द गरिएको हो।

जनकपुरधाम उपमहानगरपालिकाले दिन प्रतिदिन बढ्दै गएको गर्मीका कारण बालबालिरूहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरको ख्याल गर्दै जेठ १७ देखि २१ गते सम्म सबै सामुदायिक र संस्थागत विद्यालयमा विदा दिएको हो।

वार्षिक विदामा कट्टा हुनेगरी प्रशासनिक कामकाजबाहेक भोलि बिहीबारदेखि सोमबारसम्म उपमहानगरभित्रका सबै विद्यालयमा पठनपाठन बन्द रहने जारी सूचनामा उल्लेख छ। जनकपुर लगायतका क्षेत्रमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेपछि जनजीवन प्रभावित भएको छ। बढ्दो गर्मीका कारण बजार, सरकारी कार्यालय, वित्तीय संस्थालगायत सार्वजनिक स्थलमा सर्वसाधारणको चहलपहलमा निकै कमी आएको छ।

तापक्रम दैनिक रूपमा बढदै गएपछि विद्यार्थी बेहोस हुने, टाउको दुख्ने, तनावमा पर्ने जस्ता लक्षण देखिन थालेका छन् । जिल्लाका धेरै विद्यालयमा टिनको छानो भएको घर तथा बिनापंखामा विद्यार्थी अध्ययन गर्नुपर्दा समस्या झनै थपिएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version