बिजय कुमार ठाकुर
जेष्ठ १, जनकपुरधाम : मिथिला बिहारी नगरपालिका -६ सिरसिया निवासी देबचन्द्र साहले मिथिला बिहारी नगरपालिका-२ मा जनमुक्ति चौक बजार व्यवस्थापनका लागि १५ धुर जग्गादान गरेका छन् ।
स्थानीयवासीका अनुसार सो जग्गाको मूल्य करिब ७५ लाख रहेको छ । उनले मिथिला बिहारी नगरपालिका मार्फत बजार व्यवस्थापनका लागि जग्गादान गरेका हुन् ।
उनले दान गरेको जग्गामा २०८१ साल कार्तिक सम्म नगरपालिकाको नाउँमा जग्गा पास गरिदिने प्रतिवद्धता गरेका हुन ।
आज मिथिला बिहारी नगरपालिकाको आयोजनामा जग्गादान गर्ने देवचन्द्र साहको समान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता मिथिला बिहारी नगरपालिका-२ का वडा अध्यक्ष सुरेश मण्डल गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र यादव, अतिथि मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादब , ३ का वडा अध्यक्ष कृष्ण कुमार बसन्त, ५ का वडा अध्यक्ष सुरेन्द्र कुमार मण्डल , ६ का वडा अध्यक्ष बिमरोश यादब , ७ का वडा अध्यक्ष संजय कुमार शर्मा , ८ का वडा अध्यक्ष जिवछ यादब, नेकपा माओवादी केन्द्रका मेयर प्रतियाशी सुर्य नारायण मण्डल , YCL नेपालका मधेस प्रदेश सह- संयोजक सरोज यादब लगायत विभिन्न पार्टीका पार्टी प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
जग्गादान तथा समान कार्यक्रममा नगर प्रमुख राजेन्द्र यादबले जग्गादातालाई सम्मान गरेका थिए । कार्यक्रम बोल्दै नगरप्रमुख यादबले बजार व्यवस्थापनको लागि दान गरिएको उक्त जग्गामा बजार सेड निर्माण गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।