spot_img
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
- Advertisement -spot_imgspot_img
समाचारमधेशमा एमाले नेतृत्वमा सरकार बनाउन छलफल शुरु

मधेशमा एमाले नेतृत्वमा सरकार बनाउन छलफल शुरु

बैशाख ३०, जनकपुरधाम:  मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने छलफल शुरु भएको छ ।

मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएपछि जसपा नेपालको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ ।

- Advertisement -

सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरि छलफल शुरु भएको छ । एमाले मधेशमा २५ सांसदसहित सबैभन्दा ठुलो दल हो । नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच छलफल शुरु भएको छ ।

१०७ सदस्यीय मधेश प्रदेशमा एमालेको २५, जनमतको १३, माओवादी केन्द्र र लोसपाको ९-९ सिट रहेको छ । चार दलको कुल ५६ सिट रहेपछि सभामुख बाहेक ५५ मत हुने हुनाले बहुमत पुग्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार