spot_img
बुधबार, जेष्ठ १६, २०८१
बुधबार, जेष्ठ १६, २०८१
- Advertisement -spot_imgspot_img
समाचारइलाम- २ मा मतगणना शुरु

इलाम- २ मा मतगणना शुरु

बैशाख १६,इलाम : इलाम- २ मा मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।

मतगणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

- Advertisement -

आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको थियो ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।

- Advertisement -

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार