Home समाचार महोत्तरीको मटिहानिमा भीषण आगलागी, ७० घर जले

महोत्तरीको मटिहानिमा भीषण आगलागी, ७० घर जले

0

जय प्रकाश अधिकारी
बैशाख १२,महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिका-६ मुस्लिमटोलमा भीषण आगलागी भएको छ। बुधबार दिउँसोबाट आगोले अहिलेसम्म यहाँका ७० भन्दा बढी घर जलेर नष्ट भएको छ।

आगो नियन्त्रणमा लिन नेपाल ९ र भारतबाट १ गरी दसवटा वारुणयन्त्र चलिरहेको छ। प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी आगो निभाउने प्रयास गरिरहेको जानकारी  महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जैसवार जानकारी गराए ।

अहिलेसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको डिएसपी जैसवारले जानकारी दिए। हावा चलेका कारण आगलागी नियन्त्रणमा आउन नसकेको उनकाे भनाइ छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version