spot_img
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
- Advertisement -spot_imgspot_img
समाचारसर्लाहीमा नापी कार्यालयका कर्मचारी चढेको गाडी दुर्घटना

सर्लाहीमा नापी कार्यालयका कर्मचारी चढेको गाडी दुर्घटना

२३ माघ, जनकपुरधाम । सर्लाहीमा नापी कार्यालयका कर्मचारीहरु सवार गाडी दुर्घटना भएको छ ।

सोमबार राति मलंगवा नगरपालिका-११ गमहरियामा कर्मचारी सवार बी.आ.०६ पी.डी.९६४८ नम्बरको सफारी गाडी उँखु लोड भएको ज२त १०६७ नम्बरको ट्याक्टरसँग ठोकिंदा ११ जना घाइते भएका छन् ।

- Advertisement -

घाइते हुने सबै सफारीमा सवार नापी कार्यालय सर्लाहीका कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपाका ४५ वर्षीय संजय मान्धर, मलंगवा-३ का ३५ वर्षीय रामलाल साह, सर्लाहीको बागमती नगरपालिका ५ बस्ने विनोद घिमिरे र महोत्तरीका ३० वर्षीय बैजु यादव गम्भीर छन् ।

- Advertisement -

उनीहरुलाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

त्यस्तै मध्यम घाइते हुनेहरुमा सर्लाहीको कौडेना गाउँपालिका २ बस्ने वर्ष २४ का संजित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका २ बस्ने वर्ष ३० का रिटेन यादव, मलंगवा नगरपालिका ३ बस्ने वर्ष ५० का  बैधनाथ पटेल, मलंगवा नगरपालिका ७ बस्ने वर्ष ३४ का रामबावु राय, धनुषाको शहीदनगर नगरपालिका ७ बस्ने वर्ष २९ का दिपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका २० बस्ने वर्ष २४ का शहीद अनवर र महोत्तरी बस्ने  वर्ष २५ का अजय यादव छन् ।

दुर्घटना पश्चात ट्याक्टर चालक फरार भएका छन् । उनको खोजिसँगै दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार