spot_img
शुक्रबार, फाल्गुन १८, २०८०
शुक्रबार, फाल्गुन १८, २०८०
- Advertisement -spot_imgspot_img
समाचारबसको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

बसको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

अशोक पहाडी

 माघ१३,रौतहट :  पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले आज बिहान ४ बजेको समयमा ठक्कर दिदा चन्द्रपुर ५ का ५५ बर्षका बोधनाथ पौडेललाई ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशिल आचार्यले जानकारी दिएका छन् ।

बिहान मर्निङवाकमा निस्केका पौडेललाई चन्द्रनिगाहपुरमा रहेको जगत पेट्रोल पम्म अगाडी बसले ठक्कर दिएको थियो । अत्याधिक हुस्सुका कारण बाटो नदेखेका कारण पौडेललाई बसले ठक्कर दिएको अनुमान गरिएको छ ।

ठक्कर दिने बस र बसका चालक चन्द्रपुर नगरपालिका-४ का विजय राई लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार