पुष १९ गते, जनकपुरधाम । जानकी मन्दिरबाट अयोध्याका लागि भारसहितको टोली प्रस्थान गरेका छन् ।
बाजागाजासहित जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको नेतृत्वमा भारसहित २५१ जनाको टोली अयोध्याको राममन्दिरका लागि बिहीबार प्रस्थान गरेका छन् । भार निस्किनु अघि जानकी मन्दिर प्राङगनमा सर्वसाधारणका लागि अवलोकन गर्न राखिएको थियो । सो क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, पूर्व उपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य बिमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायतले खुसी व्यक्त गर्दै शुभकामना दिएका थिए ।