spot_img
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
- Advertisement -spot_imgspot_img
समाचारबलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

पुस१३, काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषि ठहर भएका छन् ।

सन्दीपलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको हो । अदालतले सन्दीपले सहमतिबिना नै सम्बन्ध राखेको निष्कर्ष निकालेको छ ।

- Advertisement -

शुक्रबार न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेले बालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा उठाई करणी गरेको ठहर गरेको हो ।

यस्तै अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको छ । वारदातको समयमा गौशाला २६ अर्थात् किशोरी १८ वर्ष पुगेको अदालतले ठहर गरेको हो ।

- Advertisement -

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् ।यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
उनले भने ‘ प्रतिवादी तथा परिवर्तित नाम गौसला २६ ६ १ ७९ ८० को करणी भएको देखियो नुवाकोटको बसाई सराई दर्ता रजिस्टर नारायणी उपक्षेत्रीय अस्पतालको डलिभरी रजिस्टार र परिवर्तित नाम गौसला २६ ६ १ ७९ ८० को वकपत्र र गाउँपालिका वडा २ वडा कार्यलयको प्रमाणबाट जन्ममिति २०६१ ३ १८ मा भएको देखि १८ वर्ष पुगेको देखियो । नीजको नाजुक आर्थिक अवस्थाको फाइदा उठाई सहमतिको करणी भएको देखियो ।

अब न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । अदालतले सन्दीपको सजाय निर्धारणका लागि पुस २५ गतेका लागि पेशी तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार