Home अपराध कोकिनसहित त्रिभुवन विमानस्थलबाट एक जना भारतीय महिला पक्राउ

कोकिनसहित त्रिभुवन विमानस्थलबाट एक जना भारतीय महिला पक्राउ

0

मंसिर ५, काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित एकजना भारतीय महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३२ वर्षकी भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो ।

पक्राउ परेकी महिला इथियोपियाबाट कतारको दोहा हुँदै काठमाण्डाै विमानस्थलमा ओर्लिएकी र काठमाण्डौबाट भुटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीलाई प्राप्त सूचनाअनुसार पक्राउ गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेकी महिलाकाे साथबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक चन्दले बताउनुभयो ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version