Home समाचार धनुषाबाट विद्यार्थी लिएर इलाम पुगेको बस दुर्घटना, ३६ जना घाइते, एककाे निधन

धनुषाबाट विद्यार्थी लिएर इलाम पुगेको बस दुर्घटना, ३६ जना घाइते, एककाे निधन

0

३ मंसिर , जनकपुरधाम । मेची राजमार्ग अन्तर्गत इलामाको रोङ गााउपालिकामा भएको बस दुर्घट्नामा परेका यात्रुको पहिचान खुलेको छ । धनुषादेखि इलामको कन्याम घुम्न गएका विद्यार्थी सवार  ना६ख ८४२४ नम्बरको बस रोङ गााउपालिकाको किटेनी भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामाको निधन भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दुर्घटनामा ३६ जना घाइते भएको र उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आइतबार साँझ साढे ५ बजे भएको दुर्घटनाका घाइतेलाई सडकजाम हुँदा उद्धार गर्न कठिनाइ भएको इलामका प्रहरी नायव उपरिक्षक प्रकाश जवेगूले जानकारी दिए ।

दुर्घटनामा परेका सबै धनुषाधाम–९ का तामाङ र लामा समुदायका सदस्य छन् । एकजना प्रहरी जवान पनि दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा धनुषाधाम ९ धारापानीकी २० वर्षीया गणेशकुमारी मोक्तान,सोहि स्थानकी ११ वर्षीर्या समिक्षा मोक्तान, १२ वर्षीय शेखर मोक्तान, १२ वर्षीया निर्जला मोक्तान, ३६ वर्षीया अञ्जु लामा, २ वर्षीया स्नेहरी लामा, ९ वर्षीया रिचा लामा, ११ वर्षीया काजल नायक, १४ वर्षीया निकिशा मोक्तान, ११ वर्षीया रितु लामा,४० वर्षीया सुनमाया लामा,२० वर्षीया कविता घिसिङ,१३ वर्षीय सौगात लामा, १४ वर्षीया वर्षा तामाङ,१५ वर्षीया सिद्वार्थ तामाङ, १७ वर्षीया स्वेच्छा लोप्चन, १२ वर्षीया विविशा मोक्तान, १५ वर्षीया रोजिना तामाङ, २८ वर्षीया कल्पनाकुमारी लामा, ३१ वर्षीया शान्ता पाख्रिन, ३५ वर्षीर्या मनवति लामा,३० वर्षीया ज्ञानु लामा,२८ वर्षीया प्रतिक्षा लामा, ४५ वर्षीया लालकुमारी लामा, ४० वर्षीय (प्रहरी जवान) विरवहादुर मोक्तान, २५ वर्षीय करण मोक्तान, २६ वर्षीया कुसुम घिसिङ, ६० वर्षीया शान्तामाया तामाङ ३५ वर्षीय अनिल परियार, ३० वर्षीया रचना घिसिङ, ३५ वर्षीय सञ्जिव तामाङ, २८ वर्षीया रेणु घिसिङ, २६ वर्षीया समिक्षा लामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमूख दिपक दुलालले जानकारी दिए ।

घाइतेहरु सबैलाई उपचारार्थ झापाका विभिन्न अस्पतालमा पठाइएको छ । अधिकांशलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version