Home समाचार छठ पर्वका लागि दुलही झै सिंगारिए देशका विभिन्न ठाउँका पोखरी तथा घाट...

छठ पर्वका लागि दुलही झै सिंगारिए देशका विभिन्न ठाउँका पोखरी तथा घाट (फाेटाे फिचर)

0
z[ªufl/Psf] afu]Zj/L dlGb/ hfgsL -afFs]_, @ dªl;/ M cfOtaf/ nflu t/fO{df dgfOg] 57 kj{sf nflu z[ªufl/Psf] g]kfnu~hsf] afu]Zj/L dlGb/ . tl:a/M ?kgL lh Pd÷ /f;;

 

२ मंसिर , जनकपुरमाधाम । तराई मधेशमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् आस्थाको पर्व छठ विधिवत् रूपमा शुरु भएको छ । छठ पर्व मनाउनको लागि तराई मधेशमा मात्र नभएर देशका विभिन्न ठाउँमा पोखरी तथा घाटहरु सजाएर झकिझकाउ बनाइएको छ ।

तराई मधेशमा उल्लासका साथ मनाइने यो पर्वमा परिवारका सबै सदस्यलाई नयाँ कपडा लाउने र मीठो परिकार खाने गरिन्छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि तराई मधेशमा धुमधामसँग मनाइने छठ पर्व पछिल्ला दिनहरुमा देशैभरि मनाउन थालिएको छ ।

छठका लागि पूजा सामग्री किन्ने श्रद्धालुको भिड पनि बढेको छ । श्रद्धापूर्वक मनाइने छठका लागि पूजाका सामग्रीमा ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपाडीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ वर्तालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्री किन्न बजारमा घुइँचो लागेको हो।

भोलि आइतवार अस्ताउँदो सूर्यलाई र पर्सि सोमवार उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व विधिवत् रूपमा सम्पन्न हुन्छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version