spot_img
आइतबार, बैशाख २, २०८१
आइतबार, बैशाख २, २०८१
- Advertisement -spot_imgspot_img
समाचारदक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया क्रिकेट विश्वकप-२०२३ काे फाइनलमा

दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया क्रिकेट विश्वकप-२०२३ काे फाइनलमा

३० कार्तिक काठमाण्डाै – दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया ८ औँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज बिहीवार भएकाे दाेस्राे सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हरायो ।

- Advertisement -

दक्षिण अफ्रिकाले दिएकाे २ सय १३ रनकाे लक्ष्य अस्ट्रेलियाले ४७ ओभर २ बलमा ७ विकेट गुमाएर भेटायाे । अस्ट्रेलियाका ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका गेराल्ड कोट्जी र तबरेज शाम्सीले समान २ विकेट लिए ।

- Advertisement -

यसअघि काेलकाताकाे इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेकाे दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रनमा अलआउट भयाे । दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक बनाए । उनी १ सय १६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए ।

अस्ट्रेलिया यसअघि सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाइनलमा पुग्दा ५ पटक विजेता बनेकाे थियाे । अस्ट्रेलिया १९८७, १९९९, २००३, २००७ र २०१५ काे विजेता हाे ।

अब अस्ट्रेलियाले उपाधिका लागि फाइनलमा आउँदाे आइतवार अहमदाबादमा भारतसँग खेल्नेछ । हिजाे बुधवार राति भएकाे पहिलाे सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा पुगेकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार