Home मनोरन्जन ताजा समाचार ३ दिनमा टाइगर ३ काे कमाई १४४ करोड ५० लाख भारू

३ दिनमा टाइगर ३ काे कमाई १४४ करोड ५० लाख भारू

0

कार्तिक ३० काठमाडौं । बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ ले घरेलु बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले घरेलु बक्स अफिसमा तीन दिनमा १४४ करोड ५० लाख भारू कमाएको छ।

नोभेम्बर १२ मा प्रदर्शन भएको फिल्मले पहिलो दिन ४४ करोड ५० लाख भारू कमाएको थियो। दोस्रो दिन ५८ करोड कमाएको फिल्मले तेस्रो दिन ४३ करोड ५० लाख भारू कमाएको हो।

योसँगै ‘टाइगर ३’ तीन दिनमा सर्वाधिक कमाइ गर्ने तेस्रो हिन्दी फिल्म बनेको छ। शाहरूख खानको ‘जवान’ ले तीन दिनमा १८० करोड ४५ लाख भारू कमाएको थियो भने ‘पठान’ ले १६१ करोड कमाएको थियो। यो हिन्दी संस्करणको मात्रै कमाइ हो।

 

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version