spot_img
बिहिबार, चैत्र १३, २०८१
बिहिबार, चैत्र १३, २०८१
- Advertisement -spot_imgspot_img
समाचारपाकिस्तान क्रिकेट टिमको टी–२० को कप्तानमा अफ्रिदी...

पाकिस्तान क्रिकेट टिमको टी–२० को कप्तानमा अफ्रिदी , टेस्ट कप्तानमा मसुद नियुक्त

इस्लामाबाद । बाबर आजमले क्रिकेटका तीनवटै फर्म्याटमा पाकिस्तानी क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका छन् । बाबरको राजीनामासँगै शाहीन शाह अफ्रिदीलाई टी–२० टोलीको नयाँ कप्तान चयन गरिएको छ भने शान मसुदले टेस्ट टोलीको नेतृत्व गर्ने भएका छन् । एकदिवसीय टोलीका लागि कप्तान भने चयन गरिएको छैन ।

- Advertisement -

राजीनामापछि पाकिस्तान क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै बाबरलाई टेस्ट टोलीको कप्तानका रूपमा निरन्तरता दिन विकल्प दिइएको तर बाबरले त्यसलाई अस्वीकार गरेको जानकारी दिएको छ । परिवारसँगको छलफलपछि बाबरले सो निर्णय लिएको र पीसीबी उनको निर्णयको साथमा रहेको उल्लेख छ । ‘पीसीबी उनको निर्णयको सम्मान गर्दछ र खेलाडीका रूपमा उनलाई समर्थन जारी राख्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

‘बाबर आजम विश्व स्तरीय खेलाडी हुन् र खेलाडीका रूपमा उनको विकास होस् भन्ने हामी चाहन्छौँ,’ जाका असरफले भनेका छन्, ‘उनी पाकिस्तानले उत्पादन गरेको उत्कृष्ट ब्याटरहरुमध्ये एक हुन् । उनी हाम्रो सम्पत्ति हुन् र उनलाई हाम्रो समर्थन जारी रहनेछ ।’

- Advertisement -

मसुदले अस्ट्रेलियाविरुद्धको शृङ्खलाबाट आफ्नो टेस्ट कप्तानीको सुरुवात गर्नेछन् । पाकिस्तान सन् १९९९ देखि अस्ट्रेलियामा लगातार १४ वटा टेस्टमा पराजित भएको छ । जसमा पाँचवटा शृङ्खला ह्वाइटवास रहेका छन् ।

उता २३ वर्षीय अफ्रिदीले अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलापछि न्युजिल्याण्डविरुद्ध ५ खेलको टी–२० शृङ्खलामा पहिलो पटक टोलीको नेतृत्व गर्नेछन् । योसँगै पीसीबीले मोहम्मद हफिजलाई टोलीको निर्देशक पनि चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार