spot_img
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारआज मिथिलाञ्चलमा भातृद्वितीया मनाइँदै

आज मिथिलाञ्चलमा भातृद्वितीया मनाइँदै

२९ कात्तिक, जनकपुरधाम । आज मिथिलाञ्चल क्षेत्रमा भरद्वितीया पर्व मनाइँदै छ ।

- Advertisement -

यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ अर्थात् अन्तिम दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ ।

सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शुक्रबार नै मनाइँदा छ दिनको भएको छ ।

- Advertisement -

भाईदुज, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा छ ।

नेपालका अन्य क्षेत्रमा भाइटिका मनाएजस्तै मैथिलहरुले मनाउने भैयादुज पर्वको पौराणिक कथावस्तु र विधी  एउटै भए पनि यसलाई फरक नामले चिनिन्छ ।

दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् ।

 

- Advertisement -
टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ ।

त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखिदिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइदिने मैथिल परम्परा छ ।

मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको होस् भन्दै गीतबाट भाव व्यक्त गर्दछन् ।

दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखिदिन्छन् । दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार