Home समाचार ललितपुरमा मोटरसाइकल दुर्घटनामा परेर २ जनाको मृत्यु

ललितपुरमा मोटरसाइकल दुर्घटनामा परेर २ जनाको मृत्यु

0

२९ कात्तिक, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० तखेलमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

गएराति तखेल चोकमा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको मरिण गाउँपालिकाका २५ वर्षीय विजय माझी र २४ वर्षीय राम माझीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

उनीहरु सवार मोटरसाइकल मंगलबार बेलुकी ६ः४५ बजेतिर तखेल चोकमा सडक छेउँमा रहेको रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका दुवैजनालाई पाटन अस्पताल लगिएकोमा डाक्टरहरुले मृत घोषणा गरेको ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version