Home समाचार ताजा समाचार नेवार समुदायमा नयाँ वर्षको हर्षोल्लास (तस्वीरहरू)

नेवार समुदायमा नयाँ वर्षको हर्षोल्लास (तस्वीरहरू)

0

२८ कात्तिक, काठमाडौं ।आजदेखि नेपाल संवत् ११४४ सुरु भएको छ । देशभर विविध कार्यक्रम आयोजना गरेर नेपाल संवतको नयाँ वर्ष मनाइँदैछ ।

खासगरी नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । काठमाडौं उपत्यका लगायत देशैभर हर्षउल्लासका साथ नेवार समुदायले नयाँ वर्ष मनाइरहेका छन् ।

काठमाडौंको बसन्तपुरमा विभिन्न संघसंस्थाको आयोजनामा नेपाल संवत ११४४ को अवसरमा झाँकीसहित कार्यक्रमम गरी मनाइएको छ ।  भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर चोकमा प्रधानमन्त्री प्रचण्डकै उपस्थितिमा विशेष कार्यक्रम गरिएको छ । त्यहाँ नेपाल संवतका प्रवर्तक साख्वाको प्रतिमामा माल्यार्पण पनि गरिएको छ । यसबाहेक यहाँका टोलटोलमा समेत कार्यक्रम गरेर मनाइएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए ।विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version