१७ कार्तिक , काठमाडौ । नेपालले १० वर्षपछि टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।
सन् २०१४ मा बंगलादेशमा पहिलो विश्वकप खेलेको नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वान्टी विश्वकपमा स्थान बनाएको हो ।
विश्वकप छनोटका लागि मूलपानी मैदानमा भएको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गर्यो ।
यूएईले पेश गरेको १३५ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जीतसम्म डोहोर्याउने क्रममा आशिफ शेखले ६३ रनको शानदार अर्धशतकीय पारी खेले ,गुल्सन झा २२ रनमा आउट हुँदा कुशल भुर्तेलले ११ रन जोडे । कप्तान रोहित पौडेलले अविजित ३५ रनको योगदान गरे । यसअघि यूएईलाई सामान्य स्कोरमा समेट्ने क्रममा कुशल मल्लले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिएका थिए ।