spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारविभिन्न पार्टी परित्याग गरी सयौँ जना नेकपा माओवादी केन्द्रमा...

विभिन्न पार्टी परित्याग गरी सयौँ जना नेकपा माओवादी केन्द्रमा प्रवेश

कार्तिक १६, धनुषा : धनुषाको हंसपुर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी सयौँजना नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


हंसपुर नगरपालिकामा घर घरमा माओवादी जन जनमा माओवादी जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान तथा शुभकामना आदानप्रदान तथा  पार्टी प्रवेश कार्यक्रममा उनिहरुले प्रवेश गरेका हुन ।

- Advertisement -

यसरी पार्टी प्रवेश गर्नेमा नेपाली काग्रेस , नेकपा एमाले , राष्ट्रिय प्रजातन्त्र पार्टी , जसपा नेपाल तथा जनमत पार्टीका नेता तथा कार्यकर्ता रहेका छन् ।

नव प्रवेशी कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा मधेस प्रदेश ईन्चार्ज लिला मणि पोखरेल , बिशिस्ट अतिथि मधेस प्रदेशको उद्योग बाणिज्य तथा पर्यटन मा. सुनिता यादब , केन्द्रिय सदस्य तथा धनुषा जिल्ला ईन्चार्ज अजय शंकर नायक , पुर्ब मधेस प्रदेश कमिटी सदस्य तथा धनुषा जिल्ला सह ईन्चार्ज झल्कु यादब जिल्ला संयोजक दिपक यादब , नगर अध्यक्ष सुनिल यादब , जन संस्कृतिक मन्चका मधेस प्रदेश संयोजक राजेश सक्शेना , वाईसीएल  मधेस प्रदेश ईन्चार्ज अनिल पासवनले टिका तथा गमछा लगाई पार्टी प्रवेश गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार