spot_img
बुधबार, जेष्ठ १६, २०८१
बुधबार, जेष्ठ १६, २०८१
- Advertisement -spot_imgspot_img
समाचारमिथिला बिहारी नगरपालिका -४ कजरामा भलिबल प्रतियोगिताको उदघाटन

मिथिला बिहारी नगरपालिका -४ कजरामा भलिबल प्रतियोगिताको उदघाटन

बिजय कुमार ठाकुर 

कार्तिक १५ जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका -४ कजरामा आज (बुधबार) भलिबल प्रतियोगिता शुरु भएको छ ।

- Advertisement -


सन्तोषी युवा भलिबल टिमको आयोजनामा मिथिला बिहारी नगरपालिका -४ कजराको खेलमैदानमा शुरु भएको प्रतियोगिताको उदघाटन गरिएको छ । नेकपा माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दिपक यादवको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा संचालन भएको थियो ।


सो अवसरमा आन्द मण्डलले शुभकामना मन्तव्य राखेका थिए । मिथिला बिहारी नगरपालिका- ४ समाजसेवी बिरेन्द्र यादबको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा YCL नेपाल का मधेस प्रदेश सह संयोजक तथा धनुषा जिल्ला ईन्चार्च सरोज यादब , नेपाल सरकारको पुर्ब उप सचीव तथा कृषि बिज्ञ राजेन्द्र प्रसाद यादब अतिथि मिथिला बिहारी नगरपालिका २ का वडा अध्यक्ष सुरेश मण्डल , ३ का वडा अध्यक्ष कृष्ण कुमार बसन्त , ७ का वडा अध्यक्ष संजय शर्मा , ४ का वडा प्रतियाशी दिलिप यादब ,जनता मा.बि कजरा रमौलका प्र. अ. लाल बाबु यादव लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको विशेष उपस्थिती रहेको थियो ।

- Advertisement -

प्रतियोगिताको पहिलो दिन आज २ वटा खेलहरु भएका छन । आज भएको पहिलो खेलमा टोकिले सिरसियाको टिमलाई जितेको छ । प्रतियोगिता कूल १६ वटा भलिबल टिमको सहभागिता छ । सो प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १५०५५ , दोश्रो हुनेले १००५५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र जित्ने छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार