फाल्गुन १, जनकपुरधाम । शहिद चन्देश्वर मण्डलको सम्झनामा स्मृति सभा आयोजना गरिएको छ ।
शुक्रबार मिथिला बिहारी नगरपालिका -३ मिथिलेश्वर मौवाहीको जनमुक्ति चौकमा नेकपा ( माओवादी केन्द्र ) नगर कमिटीको आयोजना शहिद चन्देश्वर मण्डलको सम्झनामा स्मृति सभा आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मधेस प्रदेश ईन्चार्ज लीलामणि पोखरेल बिशिस्ट अतिथी धनुषा जिल्ला ईन्चार्ज श्रवण बरबरिया यादब , मधेस प्रदेश सान्सदिय दलका नेता माननीय भरत साह ,मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव, माननीय शारदा दास पहाडी अतिथि धनुषा जिल्ला संयोजक दिपक यादब , सबैला नगरपालिकाको नगर प्रमुख कारी राम यादव , मिथिला बिहारी नगरपालिकाको नगर प्रमुख राजेन्द्र प्रसाद यादब , सबैला नगरपालिकाको नगर उप-प्रमुख रहिमा खातुन , मिथिला बिहारी नगरपालिकाको नगर उप-प्रमुख शोभा देवी साह पुर्ब शिक्षा राज्य मन्त्री बौद्ध माया यादब मिथिला बिहारी नगरपालिकाको वडा अध्यक्ष शोभित दाहा , सुरेश कुमार मण्डल, कृष्ण कुमार वसन्त , सुरेन्द्र मण्डल, YCL नेपालका मधेस प्रदेश सह-संयोजक तथा धनुषा जिल्ला ईन्चार्ज सरोज यादब , मिथिला बिहारी न.पा. को कार्यपालिका सदस्य राम उदगार दास नगर कमिटी अध्यक्ष सुनिल यादब , जुगेश्वर यादब, जनसंस्कृति मञ्च मधेस प्रदेशको अध्यक्ष राजेश सक्सेना रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लीलामणि पोखरेल , बिशिस्ट अतिथि तथा अतिथिहरुले शाहीद चन्देश्वर मण्डले नेपालको राजनैतिक र सामाजिक परिवर्तनको लागि पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए ।
मिथिला बिहारी नगरपालिका भित्रका सम्पुर्ण सहिद परिवार , सरकारी सेवामा प्रवेश गरेका कर्मचारी तथा उनका अभिभावकहरुलाई सम्मान गरेका थिए । स्मृति दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको थियो ।
शहिद चन्देश्वर मण्डलको २०६२ भदौ १ गते हंसपुर नगरपालिका वडा नं २ बघचौरामा सेनाले हत्या गरेको थियो । नेकपा माओवादी केन्द्रको नगर अध्यक्ष प्रदिप साहको अध्यक्षता भएको कार्यक्रमा नेकपा माओवादी केन्द्रको मिथिला बिहारी नगरपालिका मेयर प्रतियाशी सुर्य नारायण मण्डलले स्वागत मन्तव्य र नगर कमिटीका सचीव तथा मिथिला बिहारी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष संजय शर्माको संचालनमा सम्पन्न भएको थियो ।
