spot_img
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
- Advertisement -spot_imgspot_img
समाचारसबैला नगरपालिकाको कागज किर्ते गर्ने ३ जना पक्राउ

सबैला नगरपालिकाको कागज किर्ते गर्ने ३ जना पक्राउ

- Advertisment -spot_img

साउन १८ धनुषा : सबैला नगरपालिकाको कागजात किर्ते गरेको आरोपमा ईलाका प्रहरी कार्यालय सबैलाले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा युनाइटेड इन्टरनेसनल एकेडेमी प्रा.लि. का संचालक शत्रुधन कापर , खुशी लाल महतो र आर के कम्प्युटर धनुषाधामका संचालक रमोद यादव रहेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले जानकारी दिए।

युनाइटेड इन्टरनेसनलका संचालक र महतोले सबैला नगरपालिकाको फर्जी लेटर पाइड, कार्यालयको छाप , खुशी लाल महतो शिक्षा शाखा प्रमुख भनी हस्ताक्षर गरि शिक्षा बिभागको इमिस शाखा पठाएर किर्ते गरेको आरोप लगाउँदै नगर प्रमुख कारी राम यादवले ईलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण पौडेलको अनुसार यस्ता दोषीहरुलाई अनुसंधान गरि कानुन सम्वत कार्वाही गर्नको लागि नगर कार्यपालिकाको कार्यालयले आजै जाहेरी लेखाइ दर्ता गराउने जानकारी समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार