१ साउन , जनकपुरधाम । रौतहटमा एकवर्षमा १६ जनाको पानीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ जना पुरुष, २ जना महिला, ४ जना बालक र ४ जना महिला रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिएका छन् ।
जिल्लाको बागमती र लालबकैया नदीसँगै साना नदी तथा पोखरीमा डुबेर १६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय राैतहटले जनाएको छ ।
आइतबार मात्र जिल्लाको कटहरिया नगरपालिकास्थित गमहरिया घाट लालबकैया नदिमा नुहाउन गएका एक विद्यार्थीको डुबेर मृत्यु भएको थियो ।