spot_img
बिहिबार, साउन १०, २०८१
बिहिबार, साउन १०, २०८१
- Advertisement -spot_imgspot_img
समाचारसीटीईभीटीले नर्सिङ, एच.ए. र फार्मेसीको अध्ययन शुल्क बढायाे

सीटीईभीटीले नर्सिङ, एच.ए. र फार्मेसीको अध्ययन शुल्क बढायाे

३० असार , काठमाण्डाै ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले नर्सिङ, सामान्य चिकित्सा (एचए) र फार्मेसीको अध्ययन शुल्क बढाएको छ।

सीटीईभीटीले सूचना निकालेर नयाँ शैक्षिक सत्रदेखि लागू हुने गरी शुल्क बढाइएको जानकारी गराएको हो। अब नर्सिङ पढ्ने विद्यार्थीले तीन वर्षमा ६ लाख २४ हजार दुई सय ३० रुपैयाँ पढाइ शुल्क तिर्नुपर्नेछ । यसअघि नर्सिङको पढाइ शुल्क चार लाख ७५ हजार रुपैयाँ थियो ।

- Advertisement -

त्यस्तै, एचएका विद्यार्थीले पाँच लाख २३ हजार आठ सय २० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसअघि एचएमा चार लाख चार हजार रुपैयाँ शुल्क थियो ।

यस्तै, फार्मेसीका विद्यार्थीले तीन वर्षमा चार लाख २३ हजार ६६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसअघि फार्मेसीको शुल्क तीन लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार