Home समाचार महोत्तरीकाे भंगहा नगरपालिकाका वडाध्यक्ष महताे बहुविवाह आरोपमा पक्राउ

महोत्तरीकाे भंगहा नगरपालिकाका वडाध्यक्ष महताे बहुविवाह आरोपमा पक्राउ

0

२७ असार, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष गणेश महतो बहुविवाह आरोपमा पक्राउ परेका छन् ।

उनलाई बहुविवाह आराेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जनाएका छन् ।

गिरीका अनुसार जेठी श्रीमती ललितादेवी महतोले दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई मंगलबार बेलुका पक्राउ गरिएको हो ।

महतोलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version