२६ असार , जनकपुरधाम । सडक डिभिजन लहान कार्यालयका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवासको टोलीले मंगलबार दिउँसो ५ बजे उनलाई पक्राउ गरेकाे हाे ।
सडक बनाउने कार्यको अन्तिम भुक्तानी गराइदिने बापत निर्माण व्यवसायीसँग घुस मागेको आरोप छ। सडक ०७६/०७७ देखि नै बनाउने कार्य भइरहेको थियो। पक्राउ परेका लेखा अधिकृत पोखरेललाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइको अख्तियार दुरुपयोग अनुसन्धान आयाेग बर्दिवाशले जनाएको छ ।