Home समाचार ललिता निवास जग्गा प्रकरण :मालपोत कार्यालय डिल्लीबजारका दुई पूर्वकर्मचारी पक्राउ

ललिता निवास जग्गा प्रकरण :मालपोत कार्यालय डिल्लीबजारका दुई पूर्वकर्मचारी पक्राउ

0

२६ असार , काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका थप दुई पूर्वकर्मचारी पक्राउ परेका छन् । मालपोत कार्यालय डिल्लीबजारका दुई पूर्वकर्मचारीलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

मालपोत कार्यालयका नायवसुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्रलाई मन्त्रिपरिषद्‌बाट भएका निर्णयको अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको बनाउन नक्कली फाइल खडा गरी नासु पौडेल हुँदै प्रमुख मालपोत अधिकृत कलाधर देउजासमक्ष पेस गरिएको आरोपमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनीहरूले तयार पारेको नक्कली फाइल तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले स्वीकृत गरेका थिए । देउजा सहसचिवमा अवकासप्राप्त कर्मचारी हुन् । किर्ते गरेर जग्गा व्यक्तिको बनाएबापत देउजाले तत्कालीन राणा परिवारबाट घुसको रुपमा जग्गा नै लिएका थिए ।

२०४९ साल ताका भएका कीर्तेमा उनीहरूको संलग्नता देखिएको हो ।

मन्त्रिपरिषद्‌बाट भएका निर्णयको अपब्याख्या गरी तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका परिवारको सदस्यको नाममा जग्गा हत्याउन नारायणराज मिश्रसहितका कर्मचारीले तयार पारेको टिप्पणी आदेशलाई खरिदार योगराज पौडेलले सदर गरी मालपोत अधिकृतसमक्ष पेस गरेको कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version