spot_img
बुधबार, साउन ९, २०८१
बुधबार, साउन ९, २०८१
- Advertisement -spot_imgspot_img
समाचारअसारमा सरकारकाे साढे २७ अर्ब रुपैयाँ पूँजीगत खर्च

असारमा सरकारकाे साढे २७ अर्ब रुपैयाँ पूँजीगत खर्च

२२ असार, काठमाडौं । असार लागेपछिको २१ दिनको अवधिमा सरकारले साढे २७ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार १ असारयता बिहीबारसम्म २७ अर्ब ३८ करोड ९० लाख रुपैयाँ पूँजीगत खर्च भएको छ । पूँजीगत खर्चमा सुस्त गति रहेकोमा असारपछि भने गति बढेको छ । जसले गर्दा यस पटक पनि आर्थिक वर्षको अन्तिम महिनामा ठूलो रकम खर्च हुने प्रवृत्ति दोहोरिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबारसम्म कुल पूँजीगत खर्च १ खर्ब ८० अर्ब ४७ करोड पुगेको छ । ३२ जेठसम्म पूँजीगत खर्च १ खर्ब ५३ अर्ब ८ करोड रुपैयाँ मात्र भएको थियो । सरकारले यस वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको छ । बिहीबारसम्म भएको खर्च कुल लक्ष्यको मात्र ४७.४४ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार